post-slider post-slider

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार

Image

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चीन भ्रमणमा रहेका श्रेष्ठलाई गए राती हृदयाघात भएको थियो । त्यसपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

आज बसेको मन्त्री परिषदको बैठकमा उनको स्वास्थ्यबारे जानकारी दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने, ‘‘उपप्रधानमन्त्री श्रेष्ठ खतरामुक्त हुनुहुन्छ र बोल्न थाल्नु भएको छ ।’’

यसैबीच ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ ले बिहीबार दिउँसो मेडिकल सर्टिफिकेट जारी गर्दै उहाँको स्वास्थ्यमा सुधार आएको जनाएको छ । 

उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र  त्यसलाई कम गर्न तुरुन्तै  ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ। 

श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा छन् । उनी स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्णरूपमा सचेत रहेको अस्पतालले जनाएको छ। 

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीनको बेइजिङ पुग्नुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे हृदयाघात भएको थियो। 

चीन सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

Tags: