post-slider post-slider

सर्वोच्चद्वारा स्वास्थ्य बीमाका कार्यकारी निर्देशकलाई निलम्बन गर्ने निर्णय बदर

Image

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

पुस ६ गते सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न विभागीय मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बसौलालाई गएको कात्तिकमा तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले तीन दिनभित्र स्पष्टीकरण पेश गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट असोज ४ गते बसौलालाई स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणपछि मन्त्री बस्नेतले उहाँलाई निलम्बन गर्ने निर्णय गरेका थिए । असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम उनलाई तीन महिनाका लागि निलम्बन गरिएको थियो । त्यसविरुद्ध डा. बसौलाले कात्तिक १७ गते सर्वोच्च रिट दर्ता गरेका थिए ।

Tags: