post-slider post-slider

पाकिस्तान: पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा दुई जनाको मृत्यु

Image

 पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरी सहित एकजना आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना प्रान्तको खैबर जिल्लामा भएको हो।  बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभियानमा भाग लिएर फर्किने क्रममा आतङ्ककारीहरूले  सो टोलीलाई निशाना बनाएको  प्रहरीले जनाएको छ। 

प्रहरीको विज्ञप्ति अनुसार प्रहरीको जवाफी कारबाहीमा आतङ्ककारीको मृत्यु भएको  हो। फरार अपराधीहरूलाई पक्राउ गर्न सो क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पोलियो टोली सुरक्षित रहेको छ भने बालबालिकालाई पोलियो खोप खुवाउने अभियान अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ।

अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। 

रासस

Tags: