post-slider post-slider

सीटीईभीटीले बढायो शुल्क, कुन बिषयमा कति बढ्यो?

Image

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले चिकित्सा शिक्षा अन्तर्गतका प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी को अध्ययनका लागि शुल्क बढाएको छ। 

सीटीईभीटी ले  शुक्रबार नयाँ शुल्कको सुचना प्रकाशित गरेको छ । उक्त सूचना अनुसार सीटीईभीटी ले नर्सिङ तर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको छ।

नयाँ शुल्क अनुसार तीन वर्षे प्रमाणपत्र तह नर्सिङका लागि अब ६ लाख २४ हजार २ सय ३० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। यसअघि उक्त शुल्क ४ लाख ७५ हजार रुपैयाँ थियो।

एचए तर्फ अब ५ लाख २३ हजार ८ सय २० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। यसअघि ४ लाख ४ हजार शुल्क थियो।

फार्मेसी असिस्टेन्टका लागि सीटीईभीटी ले नयाँ शुल्क ४ लाख २३ हजार ६ सय ६० तोकेको छ। यसअघि ३ लाख ३७ हजार शुल्क थियो।

सीटीईभीटीका अनुसार निजी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थामा २०७१/२०७२ पछि शुल्क समायोजन गरिएको हो। तोकिएको शुल्कमध्ये ५० प्रतिशत रकम पहिलो किस्ता र २५/२५ प्रतिशत रकम दोस्रो र तेस्रो किस्तामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

Tags: