post-slider post-slider

सेती अस्पताल जलमग्न हुँदा बिरामीको बिजोग

Image

काठमाडौं । आइतबार राती देखि पानी परेपछि सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल जलगमग्न भएको छ । 

अस्पतालको गाइने वार्ड, लेबर वार्ड, कर्मचारी बस्ने कोठासहित ग्यालरीलगायत अन्य वार्डमा पानी भरिएका छन्। अस्पतालका विभिन्न वार्डमा पानी भरिएपछि बिरामीहरूलाई सास्ती भएको छ । 

ग्यालरी र झ्यालबाट वर्षाको पानी छिरेर कोठामा आएको बिरामीका कुरुवाहरूले बताएका छन् । यसै गरी, केही कोठामा माथिबाट पानी चुहिएको जनाइएको छ । यसै गरी, वर्षाको कारण धनगढीको प्रदेश सभा भवन र सो आसपासका क्षेत्रसहित केही ठाउँमा डुबान भएको छ । वर्षाको पानी घरमा समेत पसेको छ । 

Tags: