post-slider post-slider

भुकम्पका कारण घाइते भएका १६ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार हुँदै

Image

काठमाडौं । गत राती जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर आएको भुकम्पका घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

अस्पतालमा हालसम्म १६ जना घाइतेहरु उपचाररत रहेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका स्वास्थ्यकर्मीहरु अर्थोपेडिक सर्जन डा.रविन के.सी र डा. सुलभ श्रेष्ठ सहितको स्वास्थ्यकर्मीहरूको टोलि आवश्यक उपकरण सहित घटनास्थलमा खटिएका छन् । 

प्रदेश अस्पतालमा आवश्यक जनशक्ति, औषधि, उपकरण र अप्रेशन सहित तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ।

Tags: