post-slider post-slider

तनहुँमा डेंगु संक्रमणबाट तीन जनाको मृत्यु

Image

काठमाडौं । डेंगु संक्रमणबाट  तनहुँमा यस वर्ष तीन जनाको मृत्यु भएको छ। मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन्।

नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास(१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास(११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास (२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताए। कुल बिरामी सङ्ख्या १६०० मध्ये एक १३५० बिरामी नगरपालिकाको रहेको जनाइएको छ।

दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ। अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उनले जानकारी दिए। 

रासस

Tags: