post-slider post-slider

आयोगले स्नातक तह अध्यापनका लागी सिट निर्धारण गर्यो, कुन कलेजलाई कति सिट?

Image

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तह अध्यापनका लागी सिट निर्धारण गरेको छ। 

आयोगले एमबीबीएसमा १९२५ सिट निर्धारण गरेको छ भने  बिडिएस तर्फ ५४५ सिट बाँडफाँड गरेको छ। एमबीबीएस अध्यापनका लागि विराट मेडिकल कलेज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,  कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल,  केयु स्कुल अफ मेडिकल साइन्सेज, महाराजगन्ज मेडिकल क्याम्पस,  नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले पनि १००/१०० सिट पाएका हुन्।

त्यस्तै चितवन, गण्डकी, लुम्बिनी, काठमाडौं, किष्ट, मणिपाल, नेशनल, नेपाल,  नेपालगन्ज, नोबेल मेडिकल कलेजले पनि १००/१०० सिट अध्यापन गराउन पाउने अनुमति पाएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले  ६५ सिट अध्यापन गर्ने  भने देवदह मेडिकल कलेजले ६० सिट पाएको छ। जानकी मेडिकल कलेज र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५०/५० सिटमा अध्यापन गराउने अनुमति पाएका छन्। 

बिडिएस तर्फ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, केयु स्कुल अफ मेडिकल साइन्सेज, पिपुल्स डेन्टल कलेज र युनिभर्सल मेडिकल कलेजलाई ५०र५० सिट पढाउने अनुमति दिइएको छ। चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजले ४०/४० सिट पाएका छन्। 

बिएएमएसतर्फ ३ कलेजलाई १०० सिट बाँडफाँड गरिएको छ। यसैगरी, गण्डकी मेडिकल कलेजले ३०, किष्ट मेडिकल कलेजले ३५, नोबेल मेडिकल कलेज ३०, महाराजगन्ज मेडिकल क्याम्पस २५ र नेशनल मेडिकल कलेजले १५ सिट पाएका छन्। 

Tags: