post-slider post-slider

आजदेखि काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ बेच्न नपाइने

Image

काठमाडौं। काठमाडौँ महानगरपालिकाभित्र आजदेखि सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गरिएको छ ।

महानगरले हिजो (बुधबार) गरेको  पत्रकार सम्मेलनमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध  गरिएको घोषणा गरेको हो । महानगरले सुर्ती सेवनका निम्ति बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिँगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्च सुर्ती, खैनी, गुट्खा, पानपराग वा मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको निषेध गगरिएको उल्लेख गरेको हो ।

महानगरका प्रवक्ता नवीन मानन्धरले जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्ययता कायम राख्न, भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न मङ्सिर २८ गते शुक्रबारबाट सुर्तीजन्य पदार्थ पूर्ण रूपमा प्रतिबन्ध गरिएको बताए ।

उनले आजदेखि महानगरभित्रका सबै पसलमा अनुगमन हुने र सुर्तीजन्य पदार्थ पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटक पाइएमा त्यस्ता पसल बन्द हुने जस्ता कारबाही हुने बताए।

उनका अनुसार धूम्रपान गरेका सार्वजनिक स्थलबाट निकालिने र एक सय रुपियाँसम्म जरिवाना गरिने तथा सार्वजनिक स्थलको एक सय मिटर वरिपरि वितरण गरेको पाइएमा जफत गरी पसल बन्द गरिने छ ।

महानगरले यसका लागि चार क्षेत्रमा दश जनाका दरले नगरप्रहरी परिचालन गरिने जनाएको छ । उनले पहिलो चरणमा ५० जना नगरप्रहरी परिचालन हुने र सादा पोसाकमा समेत नगरप्रहरीले अनुगमन गर्ने बताए ।

महानगरले काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ तथा सुर्तीजन्य पदार्थ (निरूपण र नियमन) ऐन २०६८ को दफा ११ अनुसार सो पहल गरेको बताएको छ ।

Tags: