post-slider post-slider

नेपाल चिकित्सक संघ: डाक्टरले उठाएका माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी

Image

काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टरहरुले उठाएका माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ लाई लागू गर्दै उठाइएको मागहरू तत्काल सम्बोधन नभएको खण्डमा सम्पूर्ण स्वास्थ्यकर्मीका संगठनहरुलाई  थप आन्दोलनका कार्यक्रममा अझ सशक्त ढंगले सहभागी हुन समेत अनुरोध गरेको छ। 

देशका विभिन्न (पछिल्ला घटनाक्रमहरू जस्तै हेटौडा, बुटबल, लमजुङ, मणिपाल कलेज पोखरा, बिराटनगर, बगौडा अस्पताल, चितवन, पाटन लगायतका) अस्पतालहरू लगायत स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको छ। स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनालाई लिएर देशभर सार्वजनिक भएका सम्पूर्ण आन्दोलनका कार्यक्रममा २०८० आश्विन ०९ गते यस संघद्वारा ऐक्यबद्धता जाहेर गरेको सबैलाई बिदितै रहेको बिज्ञप्तीमा उल्लेख छ । 

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिद्वारा गरिएको सम्पूर्ण आन्दोलनका कार्यक्रममा यस संघले समन्वयकारी र मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ। संघले स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिद्वारा माग गरिएको मागहरू तत्काल नै पुरा गरिदिनु संघको माग छ ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिद्वारा यस संघलाई दिइएको जिम्मेवारीलाई गहनताका साथ लिएर त्यसलाई निर्वाह गर्दै हिजो २०८० आश्विन ११ गते माननीय उपप्रधान तथा गृह मन्त्रि, माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रि, गृह मन्त्रालयका सचिव तथा पधाधिकारी, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव तथा पधाधिकारी, कानुन मन्त्रालयको सहसचिवहरूसँग यस घटनाको बिषयलाई लिएर गम्भीर रूपमा छलफल भएको संघले जनाएको छ ।

Tags: