post-slider post-slider

भुकम्प: भेरी अस्पतालमा १८ जना उपचाररत

Image

काठमाडौं । जाजरकोट र रुकुमको भूकम्पमा परी गम्भीर घाइते भएका ६ जना बालबालिकासहित १८ जनाको भेरी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । 

घाइते अन्य सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ । उपचाररत दुईजनाको अवस्था गम्भिर रहेको अस्पतालका सुचना अधिकारी डा. सङ्केत कुमार रिसालले बताए ।

भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाएर घाइतेको उपचारका लागि सैनिक र प्रहरी अस्पतालमा १०५ बेड खाली राखिएको छ ।

बिरामीलाई एम्बुलेन्स र हवाइजहाजबाट भेरी अस्पतालमा ल्याइएको हो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार आठ जना घाइतेलाई एम्बुलेन्सबाट र बालबालिकासहित १० जनालाई नेपाल एयरलाइन्सको हवाइजहाजबाट नेपालगन्ज ल्याइएको छ ।

नेपाल एयरलाइन्सको विमानले शनिवार दिनभरि घाइते ओसार्ने उनले बताए । 

पाइलट पेम्बा शेर्पा र को–पाइलट सुजन पुरीले उडाउनु भएको जहाज काठमाडौंबाट सल्ले पुगेर घाइतेलाई लिएर नेपालगन्ज विमानस्थल पुगेको थियो । त्यहाँबाट घाइतेलाई नेपाल प्रहरी, नेपाली सेना तथा विभिन्न संस्थाको एम्बुलेन्समार्फत नेपालगञ्जस्थित भेरी अस्पताल नेपालगन्ज ल्याइएको छ ।  

 

Tags: