post-slider post-slider

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ३० पुग्यो

Image

टोकियो। मध्य जापान र आसपासका क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ। 

क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ । 

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखविरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताउनु भएको छ ।

सोमबार इशिकावा प्रान्तको नोटो प्राय द्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । 

जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्राय द्वीप भूकम्पको नाम दिएको छ।

सोमबारदेखि जापानमा कम्तिमा १ सय ५५ भूकम्प गएको छ ।  

रासस/सिन्ह्वा

Tags: