post-slider post-slider

बालबालिकाको आँखामा देखिने तीन समस्या 

Image

काठमाडौं । अहिले बच्चामा देखिने आँखा समस्याले रुप परिर्वतन गरेको छ।  केहि समय अघि धेरै बच्चाहरूमा मोतियाविन्दु, जलबिन्दु र पर्दा सम्बन्धि समस्या हुन्थ्यो । अहिले पर्दा सम्बन्धि समस्या पहिलो नम्बरमा आएको तथ्यांकले देखाएको मेडिकल रेटिना कन्सल्टेन्ट डा.इली प्रधानले बताइन् । 

पछिल्लो एक अध्ययन अनुसार २०० जनामा गरिएको परीक्षणमा रेट ४ (भिजन एकदमै कमजोर हुनु) भएका बालबालिका झण्डै ५० प्रतिशत (रेटिनो अन्धोपना) मा देखिएको छ । 

यो तथ्यांक अनुसार अहिलेको अवस्थामा यो समस्या बढेको हो या स्क्रिनिङ बढि भएर समस्या बढि देखिएको भन्न नसकिने डा प्रधान बताउँछिन्। तर, पर्दा सम्बन्धि समस्या लिएर अस्पताल आइपुगेको संख्या बढेको उनले जानकारी दिइन् । 
उनका अनुसार यो समस्याको पहिलो कारण भिटामिनको कमी हो । त्यस्तै वंशाणुगत कारणले पनि हुन्छ । आमाबुबालाई भए बच्चाहरुलाई पनि हुन्छ । 

‘जन्मजात यो समस्या वंशाणुगत कारणले हुन्छ। जन्म पश्चात देखिने समस्या केहि औषधिहरूको कारणले पनि हुन्छ, उनले भनिन्, ‘यस्तो अवस्थामा पर्दाको बिचको भागको अंग राम्रोसँग बन्दैन । पर्दाको बिचको भागको काम भनेको स्पष्ट आकृति देख्नु हो।’

रेटिनोब्लास्टोमा 

आँखाको समस्याका कारण ज्यान जान सक्ने रोगहरूमध्ये रेटिनोब्लास्टोमा पनि एक हो । बच्चाहरूमा यो सबैभन्दा धेरै देखिन्छ । यो पाँच वर्ष मुनिका बालबालिकामा देखिने क्यान्सर हो। कहिले काहिँ आठ वर्ष सम्मको बालबालिकामा पनि देखिन सक्ने बाल आँखा क्यान्सर रोग विशेषज्ञ डा पूर्णिमा कर्णिकारले बताइन्। 

यसको छिटो पहिचान हुनु अत्यावश्यक हुन्छ । जति चाँडो उपचार भयो त्यति नै उपचार सजिलो हने उनले जानकारी दिइन्। 

उनका अनुसार रेटिनोब्लास्टोमा भएको सबै बिरामी अस्पतालसम्म आइपुग्दैनन् । केहि बिरामीको समस्या थाहा नपाएर मृत्यु पनि हुनसक्छ । अस्पताल आउँदा पनि ढिला आइपुग्यो मृत्यु हुनसक्छ । 

रेटिनोब्लास्टोमा ३० प्रतिशतको वंशाणुगत कारणले हुने उनले जानकारी दिइन्। उनका अनुसार नेपालमा एक वर्षमा ४० देखि ४५ जनामा यो समस्या देखिन्छ । तर, उपचारको क्रममा एक वर्षमा २०० देखि ३०० जना सम्म भेटिन्छ । यो समस्या पत्ता नलागेर अस्पताल ढिला पुग्ने भएकाले पुरानो र नयाँ बिरामी गरेर उपचारमा आउने संख्या धेरै भएको हो । 

यसको लक्षण छिट्टो थाहा पाएर उपचारमा छिट्टो पुगे आँखा जोगाउन सकिन्छ । अन्धोपना पनि हुँदैन र ज्यान पनि जोगाउन सकिने डा कर्णिकारले बताइन्। 

आँखाको नानी कालो र खैरो नभई बिचमा सेतो टीकाजस्तो देखिए क्यान्सरको रोग हुनसक्छ भन्ने शंका गर्नु उनले सुझाइन्। 

रेटिनोब्लास्टोमाका लक्षणहरु

आँखाको कालो नानीको बिचमा सेतो ज्योती देखिने, 

आँखा डेढो हुने, 

आँखा असामान्य रातो भइराख्ने,

आँखाको घर भन्दा बाहिर आउने,

अन्तिममा बाहिरबाट नै क्यान्सर देखिन्छ अर्थात आँखा बस्ने स्थानमा क्यान्सर हुन्छ । त्यो बेला ठाउँमा पुगे पनि ज्यान जोगाउन निकै कठिन हुने उनले जानकारी दिइन्। 

सुरुको स्टेजमा अस्पताल आइपुग्दा किमो थेरापी  दिइन्छ । आँखा भित्र पनि किमो थेरापी लेजर र टिटि लगायत अन्य विधिमार्फत आँखाको ज्योती जोगाउन सकिने डा कर्णिकारले बताइन् । 

उनका अनुसार उपचार गर्न ढिला हुने बित्तिकै किमो हाई डोज दिनुपर्ने हुन्छ । रेडिसन पनि दिनुपर्ने हुन्छ । त्यत्ति गर्दा शरिरको अन्य भाग र टाउकोमा फैलिएर ज्यान जान सक्छ । 

पहिलाको रिर्पोट अनुसार क्यान्सर पलाएर आँखा बाहिर आएका बिरामीहरु धेरै हुन्थे । उपचारमा आएका ३० देखि ४० प्रतिशत बिरामीको अवस्था त्यस्तो हुन्थ्यो । त्यो बेला ज्यान बचाउन नसकिने अवस्था रहेको उनले बताइन्। 
अहिले आँखामा सेतो टिका देखिने बित्तिकै अस्पताल आउने बिरामीको संख्या बढेको छ । अहिले उपचारमा आएका ९५ प्रतिशतको ज्यान जोगाउन सकिएको छ । 

त्यसैले भर्खर जन्मेको बच्चाको आँखा जाँच गर्नु एकदमै जरुरी हुने  बाल क्यान्सर रोग विशेषज्ञ डा तुलाधर बताउँछिन्। समयमा आँखाको जाँच र उपचार भए आँखा मात्र होइन् आँखाको ज्योती पनि बचाउन सकिने उनले जानकारी दिइन् । 

उनका अनुसार ‘प्रिभेन्टेभवल कजेज’ (रोकथाम गर्न सकिने कारण) ले अन्धोपनको समयमा उपचार पाए बचाउन सकिन्छ। त्यसकारण क्यान्सर पत्ता लगाउन स्वास्थ्यकर्मीलाई पनि परामर्शको आवश्यकता पर्छ । 

‘आँखामा समस्या भएका केहि प्रतिशत बालबालिका मात्र अस्पताल आइपुग्छन् । यस्तो अवस्थामा ‘पेरिफेरि’ मा रहेर काम गर्ने व्यक्तिलाई लक्षण पहिचान गर्ने तालिम दिनुपर्छ,’ उनी भन्छिन, ‘आँखामा सेतो नानी फुलेको वा क्यान्सरको आशंका लाग्ने बित्तिकै प्राथामिक स्वास्थ्य केन्द्रमा काम गर्ने व्यक्तिले जानकारी दिए, ज्योती समेत बचाउन सकिन्छ।’ 

बर्थिङ सेन्टरमा काम गर्ने जनशक्तिलाई आँखामा रातो ज्योती कसरी हेर्ने भन्ने प्रशिक्षण दिन आवश्यक छ । रातो ज्योतीको स्थानमा सेतो ज्योती देखिए उपचार गर्न कहाँ जाने भन्ने सुझाव दिनु पनि उत्तिकै आवश्यक छ ।  

रेटिनोप्याथी प्रिम्याचुरिटि (आरओपी)

अहिले रेटिनोप्याथी प्रिम्याचुरिटि (आरओपी), रेटिनोब्लास्टोमा, रेटिनो सम्बन्धि जेनेटिक समस्या बढि देखिरहेको डा प्रधानले बताइन्। 

उनका अनुसार आरओपी समय पुग्नु अघि (४० देखि ४२ हप्ता) जन्मिएको बच्चामा हुन्छ । यो बच्चाको दृष्टि गुमाउन सक्ने रोग हो । जहाँ विकासशील रेटिना (आँखाको भित्री फोटो सेन्सेटिभ तह) मा असामान्य रक्त नलीहरू विकास हुन्छन्। 

रक्त नलीहरू विकासशील रेटिनाको सतहमा बढ्छन् । समय पूर्व जन्मिएका बच्चामा विकास अपूर्ण हुन्छ । यस्तो अवस्थामा रक्त वाहिका असामान्य रूपमा बढ्न सक्छ। यी असामान्य रक्त वाहिकाहरू नाजुक हुन्छन्, र सजिलै रगत बगाउन सक्छन्। बारम्बार रक्तस्राव ले दाग निम्त्याउन सक्छ। जब यो दाग तन्तु संकुचित हुन्छ, यसले अपरिपक्व रेटिनालाई तान्छ र रेटिना अलग हने उनले जानकारी दिइन्। 

उनका अनुसार आरओपी एसिम्प्टोमेटिक छ। शिशुको अन्धोपन प्रायः ६ देखि ८ महिनाको उमेरमा वा कहिलेकाहीं पछि पनि पहिचान हुनसक्छ। त्यसैले समय भन्दा पहिले बच्चाको लागी स्क्रिनिङ धेरै महत्वपूर्ण हुन्छ।

आरओपीको लागि जोखिम कारक

समयपूर्वता

कम वजनको शिशुको जन्म

लामो समय अक्सिजन चाहिन्छ

आरओपीको चरण

यसलाई छ चरणहरूमा वर्गीकृत गरिएको छ। आरओपी बढ्दो गम्भीरताको छ चरणहरू पार गर्दछ। चरण १ र २ कहिलेकाहीं फिर्ता आउन सक्छ। स्टेज ३ मा सामान्यतया उपचार चाहिन्छ। चरण ४ र ५ सबैभन्दा गम्भीर हुन्छन् र उपचारको बावजुद अक्सर कमजोर दृश्य नतिजाको परिणाम हो। प्लस रोग एक शब्द हो जसले अधिक गम्भीर आरओपीलाई संकेत गर्दछ।

प्रिमच्योरिटी क्षेत्रहरूको रेटिनोप्याथी

शिशुको रेटिनालाई भित्री भागबाट ३ भागमा विभाजन गरिएको हुन्छ । 
क्षेत्र १ दृष्टिको लागि सबैभन्दा महत्वपूर्ण हुन्छ।
क्षेत्र २ जसलाई ३ र त्यसपछिको चरणमा उपचार आवश्यक हुन्छ, । 
क्षेत्र ३ रोगलाई सामान्यतया कुनै उपचार आवश्यक पर्दैन।

प्रिमच्योरिटी रेटिनोप्याथी

लेजर फोटोकोगुलेसन दृष्टि धम्की दिने आरओपीको उपचारको मुख्य आधार हो। स्टेज ३ र प्लस रोग आरओपीलाई उपचार चाहिन्छ। चरण ४ र ५ लाई स्क्लेरल बकलिंग वा भिट्रेक्टोमीको लागि शल्यक्रिया चाहिन्छ । जोन १ रोगको केसमा विशेष गरी धेरै बिरामी शिशुमा जो लेजर फोटोकोगुलेसनलाई सहन नसक्ने एन्टी वीईजीएफ एजेन्टहरू दिइन्छ।

स्क्रिनिङ 

३४ हप्ताअघि जन्मेका र २ किलोभन्दा कम तौल भएका शिशुहरूलाई जीवनको पहिलो २८ दिनभित्र आरओपी जाँच गरिनुपर्छ। यो सामान्यतया प्रशिक्षित नेत्र रोग विशेषज्ञ द्वारा गरिन्छ। वृद्धि पूरा नभएसम्म वा आरओपी विकास भइरहेको छ कि छैन भनेर पत्ता लगाउनको लागि साप्ताहिक वा साप्ताहिक अन्तरालहरूमा क्रमिक परीक्षाहरू गरिन्छ।

Tags: