post-slider post-slider

कोकाकोलामा अखाद्य बस्तु भेटिएपछि १ लाख ५० हजार रुपैयाँ जरिवाना

Image

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोकाकोलामा अखाद्य बस्तु भेटिएपछि कालिञ्चोक ट्रेडिङलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । वडा नं २८ पुतलीसडकमा रहेको ट्रेडिङ कोकाकोलाको वितरक हो । 

२५० मिलि लिटरको शिलबन्दी बिर्को भएको बोतलको भित्र कोकाकोलामा अखाद्य बस्तु (सेतो डल्लो) देखिएपछि भृकुटीमण्डपका व्यापारीले महानगर प्रहरीमा खबर गरेका थिए । त्यसलगत्तै महानगर प्रहरी र बजार अनुगमन टोली अनुगमनका लागि गएका थिए । 

कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा अवधेश झाले भने, ‘हामीले फोहोर देखिएको बोतलको व्याच नम्बरमा उत्पादन भएका अरु बोतलहरू हेर्‍यौं । अन्य व्याच नम्बरमा उत्पादन भएका बोतल पनि हेर्‍यौं । उत्पादक, वितरक र व्यापारीसँग सोधपुछ गर्‍यौं । यसमा वितरकले लापर्वाही गरेको अवस्था अवगत भएपछि वितरक कारवाही गरेका हौँ ।’   

महानगरले बजार अनुगमनमा क्रममा अहिले पानी र दूधजन्य उत्पादन, वितरण तथा विक्री वितरणको बजार हेरिरहेको छ । 

 

Tags: