post-slider post-slider

‘डाक्टरलाई लखेटी, भुइँमा बेहोस हुने गरी पछारेर घाइते बनाइयो’

Image

काठमाडौं । काठमाडौं मेडिकल कलेजको ड्युटीमा रहेका इन्टर्न डाक्टरमाथि दिउँसो १२ः२० बजे नेफ्रोलोजी ओपिडी ड्युटीमा कार्यरत भौतिक आक्रमण भएपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्। 

इन्टर्न डाक्टरमाथि अराजक व्यक्तिहरूद्वारा भौतिक आक्रमण गरी डाक्टरलाई लखेटी, भुइँमा बेहोस हुने गरी पछारेर शरीरका विभिन्न भागमा घाउ हुने गरी घाइते बनाइएको काठमाडौं मेडिकल कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अहिले कलेजसँग आबद्ध इन्टर्न, मेडिकल अफिसर, आवसिय चिकित्सक तथा सम्पूर्ण मेडिकल विद्यार्थीहरू आन्दोलित भएका छन्। यस घटनामा नेपाल चिकित्सक संघले ऐक्यबद्धताको जनाएका छन् ।

Tags: