post-slider post-slider

आजबाट एचपीभी खोप लगाउन सुरु 

Image

काठमाडौं। पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आजबाट लगाउन सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गरेका हुन्।

एचपीभी खोप १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका (२०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका) किशोरीले मात्र लगाउन पाउने छन् । खोप लगाउनका लागि उमेर खुल्ने प्रमाण लिएर खोप केन्द्रमा जानुपर्छ । देशका सात अस्पतालबाट यो अभियान सुरुवात गरिएको छ।

खोप पाइने स्थान 

प्रसूति गृह 

कोशी प्रदेशमा कोशी अस्पताल, 

मधेश प्रदेशमा नारायण अस्पताल, 

गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, 

लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, 

कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर 

सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल

यो खोप ६ महिनाको अन्तरालमा अर्को मात्रा लगाउनुपर्छ । 

Tags: