post-slider post-slider

मधेशमा ३५ वर्षीय महिलाको अढाई किलो ट्युमरको शल्यक्रिया

Image

काठमाडौं । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पतालले ३५ वर्षीय रामतोला देवीको मिर्गौलामा रहेको करिब २ किलो ६ सय ग्रामको ट्युमरको सफल शल्यक्रिया गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका बसहियाका ३५ वर्षीय रामतोला देवीको मिर्गौलामा रहेको करिब २ किलो ६ सय ग्राम लेफ्ट एडरनल ट्युमरको आज सफल शल्यक्रिया गरिएको हो । 

उक्त ट्युमरको शल्यक्रिया युरोलोजीस्ट डा सुधिर सिंहको नेतृत्वको टोलीले गरेको हो।  ‘बिरामीको ट्युमर किडनीसंगै टाँसिएको थियो, तर हामीले किड्नीलाई बचाउँदै ट्युमरलाई निकाल्न सफल भएका छौ’, उनले भने । 

स्वास्थ्यको हिसाबले पछाडी रहेको मधेशमा  जटिल शल्यक्रिया सफलतापूर्वक गरिएकोमा रजिष्ट्रार डा.विनोद यादवले खुशी व्यक्त गरे ।  

Tags: