post-slider post-slider

यी ५ फलहरूले खराब मुडलाई सुधार्छ 

Image

काठमाडौं । बढ्दो कामको चापका कारण सर्वसाधारणले कार्यालय समयपछि पनि काम गर्नुपर्ने बाध्यता छ । लगातार काम गर्ने र स्वास्थ्यमा ध्यान नदिँदा मानिसको शरीरमा हर्मोनल परिवर्तन हुने गर्छ । जसले उनीहरुको स्वास्थ्य र मुडलाई असर गर्छ । 

आफ्नो स्वास्थ्यमा ध्यान नदिने र कामका कारण राती अबेरसम्म जाग्राम बस्ने मानिसहरु धेरै छन् । त्यस्ता व्यक्ति अक्सर चिडचिडा हुन्छ र सधैं खराब मुडमा हुन्छन् । बिस्तारै उनीहरुको बानी बन्छ । त्यसैले आहारमा पौष्टिक तत्व समावेश गर्नु निकै जरुरी रहेको विज्ञहरु बताउँछन् । यस्तो अवस्थामा फलफूल र पौष्टिक खानालाई आफ्नो आहारको हिस्सा बनाउन सकिन्छ । यसले हर्मोन लेभल सही राख्छ र मुड बिग्रँदैन । 
यी फलहरूले मुड सुधार गर्दछ

सुन्तला 

आहारमा सुन्तला र अन्य सिट्रस फलहरू समावेश गर्नुपर्छ। यसमा भिटामिन सी उच्च मात्रामा पाइन्छ । भिटामिन सी प्रतिरक्षा प्रणालीका लागि मात्रै नभई तनावको स्तर कम गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। धेरै अध्ययनहरूले  भिटामिन सीको उच्च मात्रा लिने व्यक्तिहरूले तनावपूर्ण अवस्थाहरूलाई राम्रोसँग व्यवस्थापन गर्न सकिने देखाएको छ ।

केरा 

केरामा धेरै पोषक तत्वहरू पाइन्छ । यी पोषक तत्वहरूले मुडमा सकारात्मक प्रभाव पार्न सक्छ। भिटामिन बी ६ मा भरपूर केराले सेरोटोनिन उत्पादन गर्न मद्दत गर्छ। सेरोटोनिनलाई ‘खुशीको हर्मोन’ भनिन्छ। सेरोटोनिनले मुडलाई नियन्त्रण गर्न र भावनाहरू नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसबाहेक केरामा पाइने कार्बोहाइड्रेटले तत्काल ऊर्जा प्रदान गर्न र थकान हटाउन मद्दत गर्छ।

जामुन

स्ट्रबेरी, ब्लुबेरी र ब्ल्याकबेरी स्वादिष्ट मात्र होइन, एन्टिअक्सिडेन्टमा पनि प्रशस्त हुन्छन्। यी एन्टिअक्सिडेन्टहरूले शरीरमा अक्सिडेटिभ तनावसँग लड्न मद्दत गर्दछ, जुन मुड र संज्ञानात्मक गिरावटसँग सम्बन्धित छ। ब्ल्याकबेरी र अन्य जामुनमा फ्लेभोनोइड्स एक प्रकारको एन्टिअक्सिडेन्ट हो । जसले तनाव र डिप्रेसन कम गर्छ।

एभोकाडो

एभोकाडोमा धेरै पोषक तत्वहरू छन्, जुन मुड सुधार्न मद्दत गर्दछ। यसको सेवनले मोनोअनस्याचुरेटेड फ्याट र ओमेगा ३ फ्याटी एसिड प्राप्त हुन्छ, जुन मस्तिष्क स्वास्थ्यका लागि आवश्यक हुन्छ। यसले मस्तिष्कको गतिविधिलाई सुधार गर्छ र तनाव कम गर्छ। जसका कारण मुडमा सुधार आउन थाल्छ ।

भुइँकटहर

मानिसहरुलाई भुइँकटरको स्वाद निकै मन पर्छ । यस फलमा ब्रोमेलेन नामक इन्जाइम हुन्छ, जुन यसको एन्टी इन्फ्लेमेटरी गुणका लागि परिचित छ। यसमा पाइने ब्रोमेलेनले मस्तिष्कमा सेरोटोनिनको उत्पादन बढाउन मद्दत गर्छ। यसले खुसी बनाउँछ र मुड सुधार्छ।

यसबाहेक किवी र अनारलाई आफ्नो आहारको हिस्सा बनाउन सकिन्छ । आफ्नो मुड सुधार्नको लागि योग र ध्यानलाई आफ्नो जीवनशैलीको एक हिस्सा बनाउन सकिन्छ । यसको नियमित अभ्यासले तनाव कम गर्छ र मुड सुधार्छ। साथै, पर्याप्त सुत्ने बानी बसाल्नुपर्छ । यदि लामो समयदेखि तनावबाट पीडित भए डाक्टरसँग परामर्श लिनुपर्छ।

Tags: