post-slider post-slider

दार्चुलामा डेंगुबाट एक किशोरीको मृत्यु

Image

दार्चुला। दार्चुलामा डेंगु संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ। महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिरको डेंगु संक्रमणबाट मृत्यु भएको हो।

भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेंगु पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो। उनको उपचारकै क्रममा गएराति मृत्यु हो। उनी राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत थिइन्।

 

Tags: