post-slider post-slider

पानसराले बाटोमै जन्माइन् तीन बच्चा

Image

मार्तडी । बाजुरामा एक महिलाले बाटोमै बच्चा  जन्माएकी छन् ।  बाजुरा बुढीनन्दा नगरपालिका –४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले तेस्रो पटक बाटोमै बच्चा जन्माएकी हुन् । 

योभन्दा पहिला पनि उनले दुई सन्तानलाई बाटोमै जन्म दिएकी हुन् । सुत्केरी व्यथा लाग्नेबित्तिकै पानसरा घरबाट एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदैगर्दा उनले बाटोमा छोरी जन्माएको वडा स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चँदाराले बताए । 

चँदाराका अनुसार उनले स्वास्थ्य चौकी जाँदैगर्दा बाटोमा बच्चा जन्माइरहेको फेला पारेपछि सहयोग गरेको बताइन् । पानसरालाई अत्यधिक रक्तस्राव भएपछि बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको चँदाराको भनाइ छ । 

बाजुरामा पानसरा मात्र नभई धेरै आमाहरुले बाटोमा बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य चौकी गाउँदेखि टाढा भएपछि स्थानीय महिलालाई समस्या भएको छ । 

Tags: