post-slider post-slider

वीर अस्पतालका निर्देशक डा.पौडेललाई कारवाही गर्न पत्राचार

Image

काठमाडौं । वीर अस्पतालका कार्यकारी निर्देशक डा.सन्तोष पौडेललाई कारबाहि गर्न पत्राचार भएको छ। कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीको लागि निर्वाचन आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कारबाहिका लागि पत्राचार गरेको हो। 

‘वीर अस्पतालका कार्यकारी निर्देशक डा सन्तोष पौडेल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भनी प्राप्त हुन आएको उजुरीको छायाप्रति यसै पत्रसाथ संलग्न छ,’ पत्रमा भनिएको छ, ‘निज सन्तोष पौडेल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी रही हाल वीर अस्पतालको निर्देशकको पदमा कार्यरत रहेको भन्ने जानकारी प्राप्त हुन आएकोमा संलग्न उजुरी यसैसाथ संलग्न गरी आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोध छ।’

कार्यकारी निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य तथा सो दल सम्बद्ध जनसङ्गठन राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका महासचिव रहेको उजुरी परेको थियो। 

नेपाल सरकारबाट नियुक्त डा.पौडेल दलको सदस्य र जनसङ्गठनको पदाधिकारी रहेकोले गत असारमा कारबाहीको माग गर्दै उजुरी परेकोमा आयोगले छानबिन गरेको थियो। 

Tags: