क्लाइमेट एन्जाइटी के हो?
हाम्रो परिवर्तनशील संसारमा भइरहेका घटना देखेर हामीमा उत्पन्न हुने स्वस्थ चिन्ता नै क्लाइमेट एन्जाइटी अथवा इको-एन्जाइटी हो।
तीव्र गतिमा भइरहेको जलवायु परिवर्तनबाट हामीलाई व्यक्तिगत रूपमा र हाम्रो ग्रहलाई नै खतरा उत्पन्न भएको छ।
र, त्यसले हामीलाई आफ्नै बारे र हाम्रा बालबालिकाको भविष्यबारे चिन्तित तुल्याउँछ।
हामी आशावादी हुने पल पनि हुन्छन्। तर संसार तीव्र गतिमा गलत दिशातिर गइरहेको र जलवायु सङ्कटसँग जुझ्न हामीले पर्याप्त कदम चाल्न नसकिरहेको पृष्ठभूमिमा आशावादी भइरहन गाह्रो हुन्छ।
नाइजेरियामा एउटा गैरसरकारी संस्थामा काम गर्ने २४ वर्षीया आयोमाइड ओलुड तटीय क्षेत्रमा माछा मार्ने कामबारे वृत्तचित्रको छायाङ्कन गर्ने सिलसिलामा बच्चा नपाउने निष्कर्षमा पुगिन्।
लेगोसदेखि १०० किलोमिटर पूर्वमा पर्ने फोलुकी बासिन्दा आयोमाइडले समुद्री किनारमा बसेर रमाइलो गर्दै आएको एउटा संरचना देखाइन् जुन अहिले लगभग डुबिसकेको छ।
“आँधीका बेला बाढीको पानीले गाउँलाई पूरै डुबानमा पार्छ। त्यो भएर मानिसहरूले घर छोड्न थालेका छन्,” उनले भनिन्।
“विगतमा यहाँ घरजग्गा व्यापार निकै फस्टाएको थियो। तर अहिले मानिसहरूले घर छाडेको देख्न सक्नुहुन्छ र गाउँका केही हिस्सा डुबानमा परिसकेका छन्।”
माझीहरूले उनलाई बताएअनुसार आँधी यति सशक्त हुन थालेको छ कि उनीहरूको काम नै असुरक्षित भइसक्यो।
ब्रजिलकी जुलियालाई जस्तै उनलाई पनि बच्चा पाउन समाज र परिवारबाट दबाव छ। तर कुनै कुराले पनि आफ्नो निर्णय परिवर्तन नहुने उनी बताउँछिन्।
श्रृष्टिले पनि दोस्रो बच्चा पाउनका लागि आफन्तहरूबाट निरन्तर दबाव झेल्दै आएकी छन्।
तर यी तीनै महिलाले आफ्नो निर्णयमा श्रीमान्को समर्थन पाएका छन्।
जुझ्नका लागि टिप्स
समान धारणाका मानिसहरूको समूहको हिस्सा बन्नुहोस् जोसँग आफ्ना भावना साझा गर्न सकियोस्।
धेरै भावुक नहुनुहोस्। सचेतना र ध्यानले मद्दत गर्न सक्छ।
लुलियाले यो बाटो अवलम्बन गरेकी छन्। बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रको उनले नक्सांकन गरेकी छन्।
उनी स्थानीय गैरसरकारी संस्थाका लागि काम गर्छिन् जहाँ उनी मानिसहरूलाई जलवायु परिवर्तन र वातावरणबारे पढाउँछिन्।
“समाजमा परिवर्तन र रूपान्तरणको संवाहक बन्दा तनाव कम गर्न मद्दत गरेको छ,” उनी भन्छिन्।
नभए उनका तनाव त कायमै छन्।
पाउला एडामो आइडोएटाको थप रिपोर्टिङ
बीबीसी