post-slider post-slider

जहाजको शौचालयमा नवजात शिशु फेला

Image

काठमाडौं। एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो।
    
सो जहाज युएईको सारजाह विमानस्थलबाट आज बिहान ९ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो। “जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको छ”, प्रवक्ता झाले भने। 

रासस

Tags: