post-slider post-slider

लुतो पहिचान कसरी गर्ने ?

Image

लुतो छालामा लाग्ने र अत्यधिक चिलाउने एक प्रकारको सरुवा रोग हो। यो एक व्यक्ति देखि अर्को व्यक्तिको संसर्ग सर्दछ। यो सवै उमेर समूहका बच्चा बढा जो कोहीलाई पनि लाग्न सक्छ।  यो सार्कोप्टेस स्क्यान नामक परजीवीद्वारा लाग्दछ। १५ देखि २० वटा लुतोको परजीवी समस्या ल्याउनका लागि पर्याप्त हन्छन्। यसको समस्या  विश्वका सबैजसो गर्मी ठाउँमा देखिएको छ।

विश्वका झण्डै २० करोड मानिसहरूमा यो रोग जुनसुकै समयमा पनि भइरहने अनुमान गरिएको छ। प्राकृतिक तथा मानव सिर्जित विपदको समयमा यस रोगको महामारी फैलने सम्भावना रहन्छ। 

लुतोको प्रकार 

 सुके लुतो

लुतो प्रभावित छालामा स साना सेता दाग सोझै आखाँले देख्न सकिन्छ। यो लुतोले  दिउँसोभन्दा रातमा बढी सताउँछ।

पकुवा लुतो

लुतो आएको ठाउँमा बढी कन्याउने गर्नाले वा अन्य जीवाणुको सङ्क्रमण हुनाले लुतो भएका ठाउँमा पाकेका बिबिरा देखिन सक्छन। यसलाई पकुवा लुतो भन्ने चलन छ।

रोग सर्ने तरिका

लुतोको मुख्य कारण नै सार्कोप्टेस स्क्यान नामक सूक्ष्म परजीवी को सङ्क्रमण हो। 

यिनीहरुको उपस्थिति, यसका अण्डा तथा उत्सर्जित फोहोरसँग छालामा हुने एलर्जीका कारण हामीलाई चिलाएको अनुभव हन्छ। 

पोथी परजीवी ले छालाको बाहिरी सतहभन्दा भित्र अण्डा पार्छ।

अण्डाबाट परजीवी जन्मेपछि ती पुनः छालाको बाहिरी सतहमा निस्कन्छ र शरीरमा यत्र तत्र फैलन्छन् या सम्पर्कमा आउने अन्य व्यक्तिमा सर्दछन। 

सामान्यतया यो रोगको सर्ने अवधि २ देखि ६ हप्ताको हन्छ।

लक्षण तथा चिह्नहरू

अत्याधिक छाला चिलाउने विशेष गरी राति र तातो पानीले नुहाए पछि बढी चिलाउँछ। 

लुतो धेरै जसो काछमा, औंलाको कापमा पुरुषको अण्डकोष एवम महिलाको योनिको वरिपरि, हत्केला, पैतालामा, काखीमा, कुहिनामा, स्तनको तल्लो भागमा तथा काँधमा हुने गर्छ।

मसिना बिबिरा तथा चाला हुने गर्दछ साथै सङ्क्रमणको कारणले पाक्ने र पानी बग्ने समस्या हुन्छ।

उपचार

बिरामी र उसको सम्पर्कमा आएका सम्पूर्ण सदस्यहरुलाई उपचार गर्नुपर्छ। यदि सङ्क्रमित व्यक्ति समूहमा जस्तै ब्यारेक, होस्टलमा बस्ने गरेको छ भने सवै जनालाई उपचार गर्नुपर्छ। 

१५ गामा बेन्जिन हेग्जाक्लोराइड घाँटी मुनी शरीरभरि लगाउन पर्दछ। ३ दिनपछि र १ हप्तापछि पुन लगाउनु पर्छ।

लुतोको वैकल्पिक उपचार

५ प्रतिशत पर्माथ्रिन क्रीम प्रयोग गर्न सकिन्छ।  पर्माथ्रिन क्रीम बयस्कमा घाँटी मुनि शरीरभरि लगाउनु पर्दछ। ३ दिनपछि र १ हप्ता पछि पुन लगाउनु पर्छ। गर्भवती र बच्चाहरूमा पर्माथ्रिन क्रीम मात्र सुरक्षित हन्छ। 

कुनै बिरामीमा २५ प्रतिशत बेन जाइल बेन जोनेट लोसन अथवा १० प्रतिशत सल्फर मलमको प्रयोग पनि गरिन्छ।

रोकथाम 

व्यक्तिगत सरसफाईमा ध्यान दिनु अति आवश्यक हुन्छ जस्तै दिनहुँ साबुन पानीले मिचि मिचि नुहाउने। अरुले प्रयोग गरेको लुगाफाटा तथा विस्तारा प्रयोग नगर्ने । 

सवै लुगाफाटा तथा विस्तारा धुने वा पानीमा उमाली घाममा सुकाउने ।

Tags: