post-slider post-slider

'१२ वर्षकी थिएँ, ९ डलरमा बेचेर बिहे गरिदिए'

Image

काठमाडौं । टमाराको १२ बर्षमै विवाह भयो ।  त्यहि बर्ष उनी गर्भवती पनि भइन् । 

प्रत्येक वर्ष विश्वभर १.२ करोड बालिकाको १८ बर्ष नप्गि विवाह हुन्छ । उनी तिमध्ये एक हुन् । 

उनले आफुसँग विवाह गर्नको लागी एक जनाले मागेको कुरा सुनेकी थिइन् । चलन अनुसार ति व्यक्तिले उनको परिवारलाई तिर्नुपर्ने पैसा पनि तिरिसकेका थिए रे । मेरो परिवारले त्यो पैसा खर्च पनि गरिसकेको थियो ।

त्यसैले उनको परिवारले बिहे गर्नैपर्ने बताएका रहेछन् । तर उनले अस्विकार गरिन् । 

उनीहरुले जोडबल गरेर उनलाई विवाह गर्न राजी बनाए । उनको परिवारलाई उनकोे हुनेवाला पतिले भरथेग गर्छन् भन्ने आश्वासन पाएपछि उनी विवाहका लागी राजी भएकी थिइन् । 

उनी ११ बर्ष पुग्नु अघि नै उनका आमाबुबा बितेका रहेछन् । त्यसपछि उनी हजुरआमासग बस्न थालेकी रहिछिन् । 

हजुरआमाले उनलाई २० बर्षमाथिको एउटा मान्छेलाई ९ डलरमा  बेचिदिइन् । त्यो अनिकाल परेको बेला थियो र उनीहरुलाई खानेकुरा चाहिएको थियो । हजुरआमाले मकै किन्न त्यो पैसा चलाइन् । उनले पैसा कहाँबाट आयो भनेर सोधेकी थिइन् । किनभने हजुरआमासँग पैसा नभएको उनले थाहा पाएकी थिइन् । 

उनले खुरुक्क खाना खाउ अरु केहि नसोध भनेको उनले बताइन् । 

‘निकै गाह्रो भयो किनभने ती व्यक्ति निकै जेठा थिए । उनी मलाई शारिरीक दुव्यवहार गर्थे । मैले केहि बिरा एभने मलाई टोक्थे,’ उनले दुखेसो पोखिन् ।  

सामाजीक सुरक्षा हेर्ने निकायले हस्तक्षेप गरेपछि टमाराका पति भागे । 

उनले भर्खर बच्चा जन्माएकी छिन् । ‘मेरो छोरा ठुलो भएपछि विद्यालय जाओस् भनने मेरो इच्छा छ,’ उनी भन्छिन्, ‘म पनि एकदिन फेरि विद्यालय जान पाइन्छ कि भने आशामा छु ।’ 

‘मलाई बिहेमा रुचि छैन म निकै सानी छु,’ उनले भनिन् ।  

विश्वमा पाँचमध्ये एक बालिकाको १८ वर्ष नपुगी बिहे हुने गरेको अनुमान छ।

बालविवाह नियन्त्रण गर्ने कानुन भएका देशमा पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

बीबीसी

Tags: