post-slider post-slider

भूकम्प पीडितको शीघ्र उपचार र एकद्वार प्रणालीबाट राहत वितरण गर्न निर्देशन

Image

काठमाडौं । राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितको शीघ्र उद्धार, उपचार तथा एकद्वार प्रणालीबाट राहत वितरणका लागि सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले भूकम्पले पुर्याएको धनजनको क्षतिप्रति दुः ख व्यक्त गर्दै उद्धार तथा राहतमा प्रभावकारी ढङ्गले काम गर्न सरकारलाई निर्देशन दिएको हो । 

बैठकको निर्देशनमा भनिएको छ, ‘भूकम्पबाट प्रभावित व्यक्तिको शीघ्र उद्धार, घाइतेको शीघ्र उपचार, पीडितलाई एकद्वार प्रणालीमार्फत उचित राहत, पुनः स्थापना र क्षति भएका संरचनाको उपयुक्त कार्ययोजना बनाएर शीघ्र पुनः निर्माणमा जुट्न निर्देशन गर्दछ ।’ 

सभापति दिलकुमारी रावलको अध्यक्षतामा बसेको उक्त बैठकले काठमाडौं डाँछीमा सञ्चालनमा रहेको लागत प्रभावी अर्गानिक कृषि प्रविधिको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ । 

रासस

Tags: