post-slider post-slider

शिक्षण अस्पतालको मङ्गला देवी बर्थिङ सेन्टर उद्घाटन

Image

काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा सञ्चालित मङ्गला देवी बर्थिङ सेन्टरको औपचारिक उद्घाटन भएको छ । 

अर्थमन्त्री प्रकाश शरण महतले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी र भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार संयुक्त रुपमा उक्त बर्थिङ सेन्टर उद्घाटन गरेका हुन् ।  

भारतीय राजदूतावासको सहयोगमा बनेको उक्त सेन्टरको औपचारिक उद्घाटन सेवा दिन थालिएको ९ बर्ष पछि भएको हो । 

नेपाल भारत सहयोग योजना २० वर्ष देखि निरन्तर सञ्चालनमा रहेको र यसले महत्वपुर्ण क्षेत्रमा सहयोग गरेको अर्थमन्त्री डा. महतले बताए । उनले भारतले सञ्चालन गरेका यस्ता साना परियोजना प्रभावकारी र नागरिकले प्रत्यक्ष लाभ प्राप्त गरिरहेको बताए । बर्थिङ सेन्टर निर्माणमा गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिँदै उनले  आगामी दिनमा यस्ता साना कार्यक्रमको दायरा र लागत बढाउन समेत  पुनर्विचार हुने बताए । 

यस्ता बर्थिङ सेन्टर निर्माणमा सहयोगले दिगो विकासको लक्ष्य पूरा गर्न पुर्‍याउने सघाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अनिता देवीले बताइन् । साथै प्रदेश तथा स्थानीय स्तरमा पनि यस्ता सेन्टर तय गर्न सहयोग गर्न आग्रह गरिन् । 

भारतीय राजदूत श्रीवास्तवले बर्थिङ सेन्टर भारत सरकारको साना विकास परियोजना अन्तर्गत निर्माण भएको बताए । आगामी दिनमा मुस्ताङ जिल्लामा दुई वटा र बैतडीमा एउटा सेन्टर बनाउन सहमति भएको  बताउँदै अर्थमन्त्री समक्ष परियोजनाको प्रोजेक्ट बढाउन सहयोग गर्न पनि उनले आग्रह गरे ।

अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेले बच्चा, आमा र परिवारका लागि बर्थिङ सेन्टर सहयोगी भएको बताए । उनले प्रत्येक अस्पतालमा छुट्टै यस्ता सेन्टर हुनुपर्नेमा जोड दिए ।

Tags: