post-slider post-slider

बीमा बोर्डले बीमा कार्यक्रम २६ निजी अस्पताल र मेडिकल कलेजलाई हटायो

Image

काठमाडौं। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ।

बोर्डले सार्वजनिक गरेको सूचनामा सांसद र राजनीतिक पहुँच भएका व्यक्तिले सञ्चालन गरेको अस्पताललाई पनि २६ अस्पतालमा सुचीकृत गरेको छ । नेपाली कांग्रेस सांसद् सुनिल शर्माको नोबेल मेडिकल कलेज र दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजसहित २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाइएको बोर्डको सूचनामा उल्लेख छ।

स्वास्थ्य बीमा बोर्डसँग विभिन्न मितिमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २ मा भएको परिभाषा अनुसारका अस्पतालहरूले सोही ऐनको दफा ९ मा भएको व्यवस्था बमोजिम सम्झौता गरी सम्झौताको अवधि बाँकी छँदै आ.व. २०७९ ०८० को बजेट बक्तव्य पश्चात सूचना टाँस गरी सेवा स्थगन गरेका स्वास्थ्य संस्थाहरू उक्त सूचीमा परेका हुन्। 

त्यसैगरी  नेपाल सरकारको बजेट वक्तव्यले निर्दिष्ट गर्नु भन्दा अगावै स्वास्थ्य बीमा ऐन अनुसार सम्झौता भएका तर आ।व। २०७९र०८० को बजेट वक्तव्यपछि अस्पतालहरूको सम्झौता अवधि समाप्त भई पुनः नविकरण नभएका वा हुन नसकी स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्थाहरू र लामो समय सम्म सम्झौता नवीकरण नगरेका स्वास्थ्य संस्थाहरूलाई सेवा प्रदायक संस्थाहरूको सूचिबाट हटाउने  निर्णय गरिएको हो। 

स्वास्थ्य बीमा बोर्डको गत साउन ३२ गतेको बोर्ड बैठकले बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर, लाइफ लाइन अस्पताल, मेची नेत्रालय, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, शुभस्वस्तिक अस्पताल र नेपाल आँखा प्रतिष्ठानले सेवा सूचिबाट हटाएको छ।

यस्तै, राप्ती आँखा अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, फत्तेवाल आँखा अस्पताल, फुल कुमारी मेमोरियल हस्पिटल र सगरमाथा चौधरी आँखा अस्पताल, लाल रत्न अस्पताल लगायतका स्वास्थ्य संस्थालाई सूचिबाट हटाएको हो।

Tags: