post-slider post-slider

नागार्जुन नगरवासीलाई निःशुल्क रगत

Image

काठमाडौं। नागार्जुन  नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्त तत्व लैजानुपरे सेवा शुल्क तिर्नु नपर्ने भएको छ।

यस्तो शुल्क विसं २०८१ मङ्सिरसम्मका लागि नगरपालिकाले व्यहोर्ने गरी केन्द्रीय रक्तसञ्चार सेवा र नगरपालिकाबीच सम्झौता भएको छ।

यसका लागि नगरपालिका र वडाले रक्तदान शिविर आयोजना गर्न प्रेरित र सहजीकरण पनि गर्नेछन्। सम्झौतामा  नगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत  सुमन अधिकारी र रक्त सेवाको तर्फबाट निर्देशक पवनकुमार गुप्ताले हस्ताक्षर गरेका छन्।

भक्तपुरका सबै नगरपालिका र काठमाडौँमा महानगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका लगायत अन्य पालिकासँग पनि जनतालाई  सुलभ रगतका लागि सम्झौता सम्पन्न  भइसकेको छ।   बाँकी  सबै स्थानीय तहमा सहकार्य गर्न प्रयत्न भइरहेको नेपाल रेडक्रस सोसाइटीको समन्वय निर्देशक दिव्य राज पौडेलले जानकारी दिए। 

रासस

Tags: