post-slider post-slider

पाँच वर्षीया जेनिशाको मृत्युमा अस्पतालको कमजोरीः प्रधानमन्त्री दाहाल 

Image

काठमाडौं । कान्ति बाल अस्पतालमा आकस्मिक कक्षमा लाइनमा बस्दा मृत्युवरण गरेकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको निधनमा अस्पतालको कमजोरी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले छानबिन समितिले अस्पतालको कमजोरी भएको प्रतिवेदन दिएको जानकारी दिए। 

‘प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषय वस्तु प्रति जुन खालको संवेदनशीलता प्रदर्शन हुनु पर्ने थियो । 
त्यो गर्न नसकिएको देखिएको छ,’ उनले भने,‘तत्काल सुधारका बाटोहरुलाई कार्यन्वयन गर्न नसकेका विभिन्न व्यवस्थापकीय कमजोरी नै उपरोक्त प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको निष्कर्ष पेस गरेको छ ।’

उनले यसमा कसैको दोष भएमा कारबाही पनि हुने बताए। यो घटनाबाट पाठ सिक्दै तत्काल सुधारको बाटो अपनाउनुपर्ने भनाइ उनको थियो। विगतमै अस्पतालले आफ्नो कमजोरीहरूको बारेमा जानकारी गराएको तर त्यसको व्यवस्थापन हुन नसकेको पनि उनले बताए।

कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुका उपचारका लागि भर्ना भएकी मकवानपुर स्थाथी ठेगाना भई हाल काठमाडौं महानगरपालीकाको बाफल बस्ने ५ वर्षिय बालिका रेजिसा गोपालीको आकस्मिकमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटना सार्बजनिक भए लगत्तै कान्ति बाल अस्पतालबाट पाँच दिनको समय अवधि प्राप्त गरी तीन सदस्य छानबिन समिति गठन गरिएको थियो । 

 

Tags: