![post-slider](/assets/imgs/ads/Star-Hospital-Neutralizing-AntibodyTest_1270px-X-111px_GIF1.gif)
![post-slider](/assets/imgs/ads/GIF-Format.gif)
राष्ट्रिय चिकित्सक संघका महासचिव डा पुष्पमणि खरालले दिए राजिनामा
![Image](/thumbnails/59703a47-dab3-4562-bcba-c1eab118e965_dr-pushpamani-kharal.jpg)
काठमाडौँ। राष्ट्रिय चिकित्सक संघका महासचिव डा पुष्पमणि खरालले पदबाट राजिनामा दिएका छन् ।
उनले आज सामाजिक सञ्जालमा राजिनामा पत्र पोष्ट गर्दै राष्ट्रिय चिकित्सक संघका महासचिव पद र पार्टीबाट समेत अलग भएको घोषणा गरेका छन् ।
‘नेकपा एमाले अन्तरगर्तको राष्ट्रिय चिकित्सक संघको महासचिव भएर पनि काम गरें । पार्टीका अन्य अंगहरुमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सकेजति योगदान पनि गरें । बर्षौ पछि आज फर्केर हेर्दा मैले यथास्थितिको अवस्थाबाट देश र जनतालाई सकारात्मक योगदान दिन नसक्ने निचोड निकालेँ । मैले अब उप्रान्त राजनीतिको नयाँ अध्याय कोर्ने फैसला गरेको छु’ राजिनामा पत्रमा भनेका छन् ।