post-slider post-slider

म्याग्दीमा एआरटी सेवा सुरु भएको नौ बर्षमा आठ संक्रमितको मृत्यु

Image

म्याग्दी। म्याग्दीमा एआरटी सेवा सुरु भएको नौ बर्षमा आठ जनाको एचआइभी तथा एड्स सङ्क्रमणबाट मृत्यु भएको छ । 

म्याग्दीको बेनी अस्पतालमा सञ्चालित एआरटी सेन्टर २०७१ मा सुरु भएदेखि हालसम्म एचआइभी तथा एड्स संक्रमणबाट आठ जनाको मृत्यु भएको हो ।

उक्त सेन्टरबाट हालसम्म एक सय १७ जनाले सेवा लिएकामध्ये आठ जनाको मृत्यु भएको क्षयरोग, कुष्ठरोग तथा एचआइभी तथा एड्स फोकल पर्सन तथा स्टाफ नर्स पशुपति बानियाँले जानकारी दिइन् । 

हाल बेनी अस्पतालको एआरटी सेन्टरबाट ८८ जनाले नियमित रुपमा औषधि प्रयोग गरी रहेका छन् । ८८ मध्ये १८ वर्ष मुनिका पाँच जना (चार बालक र एक जना ५ वर्षीया बालिका) छन् ।  

Tags: