post-slider post-slider

१० दिन अघि हराएका डा. कोइरालाको शव भेटियो

Image

काठमाडौं।  १० दिनअघि अस्पतालमा बिरामी चेकजाँच गरी बेपत्ता भएका डाक्टर प्रज्वल कोइरालाको शव कोशीको भङ्गालोमा भेटिएको छ। सुनसरी र उदयपुरको सीमाको कोशी पुलमा आफू चढ्ने गाडी, मोबाइल र पर्स छोडेर बेपत्ता भएका कोइरालाको शव वराहक्षेत्र नगरपालिका वडा नम्बर २ को कोशीको भङ्गालोमा मंगलबार दिउँसो शव फेला परेको हो ।

मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाइ कोशीमा माछा मार्नेहरूले शव तैरिरहेको अवस्थामा फेला पारेका हुन् । शव भेटिएपछि स्थानीयले प्रहरी र आफन्तलाई खबर गरेको थिए । मृतकका बुवा दिवाकर कोइरालासहित दमक १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोलीले शवको पहिचान गर्दा कोइरालाकै भएको ठहर भएपछि शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ । पोस्टमार्टम पछि उनको शव आज घर लगिने वडाध्यक्ष न्यौपानेले बताए । 

प्रहरी स्रोतका अनुसार अन्तिम समयमा कोइरालाले प्रेमिकासँग संवाद गरेका थिए । दमकको लाइफलाइन अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा लामो समयसम्म जनरल सर्जन भएर काम गरेका ३२ वर्षीय कोइराला बाबु आमाका एक मात्र छोरा हुन् । 

Tags: