post-slider post-slider

 ‘भिटामिन ए’ कार्यक्रम खुवाउने मिति सर्‍यो, कार्तिक १७ र १८ मा खुवाइने

Image

काठमाडौं । बालबालिकाहरुका लागि हरेक वर्ष खुवाइने राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रमको मिति सरेको छ । 

राष्ट्रिय ‘भिटामिन ए’ खुवाउने कार्यक्रमको निर्धारित समय कार्तिक २ र ३ गते दशैंको बेला पर्न भएकोले १७ र १८ गते सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मन्त्रालयको अनुसार महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई जुकाको औषधी पनि सोहि दिन खुवाइनेछ । 

Tags: