post-slider post-slider

सुमेरुमा दुई परिवार बीच मृगौला साटासाट गरी प्रत्यारोपण गरियो 

Image


 काठमाडौं । धापाखेलस्थित सुमेरु अस्पतालले दुई परिवार बीच मृगौला साटासाट गरी (पेयर ट्रान्सप्लान्ट) प्रत्यारोपण गरिएको छ।  

अस्पतालमा आज पत्रकार सम्मेलन गरी असोज ३ मा दुई जनाको परिवार बीच मृगौला साटासाट गरी सफल प्रत्यारोपण गरिएको अस्पताल प्रशासनले जनाएको छ । 

मृगौला पिडीत दुई परिवारको बीच मृगौला आदानप्रदान गर्ने सहमति भएमा कानुनी रुपमा पेयर ट्रान्सप्लान्ट गर्न मिल्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार अस्पतालले दुई जनाको सफल प्रत्यारोपण गरेको ट्रान्सप्लान्ट सर्जन तथा बरिष्ट युरोलोजिष्ट डा. विजय मान सिंह कटवालको बताए । 

उक्त ट्रान्सप्लान्टको नेतृत्व डा कटवाले गरेका थिए भने सिनियर सर्जन डा.डि.भि. कार्की, डा. किरण प्रसाद श्रेष्ठ , डा. जियाउल हक ,नेफ्रोलोजिष्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा. ललित कुमार यादव र डा. सुमित आचार्य लगायत डा. महालक्ष्मी देउजा, डा.एजेलिया अमात्य र डा. कुमार श्रेष्ठ समेतकोे टिमले सफल प्रत्यारोपण गरेका हुन्।  

हालसम्म सुमेरु अस्पतालमा १९ वटा मृगौला प्रत्यारोपण भएको छ।

Tags: