post-slider post-slider

दिल्लीमा विषाक्त हावाको प्रभाव, वायु गुणस्तर सूचकांक नाजुक स्तरमा पुग्यो

Image

दिल्लीको वायु प्रदुषण कम हुने कुनै संकेत देखिएको छैन । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सिपिसिबी) का अनुसार राजधानी विषाक्त धुवाँबाट प्रभावित छ र बुधबार पनि वायुको गुणस्तर ‘गम्भीर’ श्रेणीमा छ।

सिपिसिबीको तथ्याङ्क अनुसार, आनन्द विहारमा वायु गुणस्तर सूचकांक (एब्युआई) ४५२ मा रेकर्ड गरिएको थियो, जबकि आरके पुरम, पंजाबी बाग, श्री अरबिन्दो मार्ग र शादीपुरमा यो ४३३, ४६०, ३८२ र ४१३ थियो।

मंगलबार सर्वोच्च अदालतले ‘यो जनताको स्वास्थ्यको हत्या हो’ भनेको छ।

सर्वोच्च अदालतले पञ्जाब सरकारलाई पराल जलाउने घटना रोक्नको लागि कदम चाल्न भनेको छ।

सर्वोच्च अदालतले भन्यो, “हामी यसलाई रोक्न चाहन्छौं। हामीलाई थाहा छैन तपाईंले यो कसरी गर्नुहुनेछ, तर त्यो तपाईंको काम हो। यो रोक्नुपर्छ। तुरुन्तै केही गर्नुपर्छ।”

Tags: