post-slider post-slider

आमा र शिशुको मृत्युपछि लमजुङ अस्पताल क्षेत्र तनावग्रस्त 

Image

काठमाडौं । शल्यक्रियाबाट मृत शिशु जन्मिएको र उच्च रक्तश्रावका कारण सुत्केरीको पनि  मृत्यु भएपछि मृतकका आफन्तले लमजुङ अस्पतालमा विरोध प्रदर्शन गरेका छन्।

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ९ पामचोककी २६ वर्षीया शोभा विकको शिशु मृत जन्मिएको थियो र उनको रगत निरन्तर बगेका कारण मंगलबार साँझ लमजुङबाट चितवन मेडिकल कलेज पुग्दा मृत्यु भएपछि परिवारले विरोध प्रदर्शन गरेका हुन्।

मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण शिशु र सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन्। बिहानैदेखि जिल्ला अस्पताल लमजुङ तनावग्रस्त बनेको छ। अस्पतालको सेवा पनि प्रभावित बनेको छ।

शोभालाई सुत्केरी बेथा लागेपछि गाउँबाट ल्याएर अस्पताल भर्ना गरिएको थियो। शल्यक्रियाबाट मृतक शिशु निकालिएको थियो। 

पीडित पक्षले अस्पतालमा प्रदर्शन गर्न थालेपछि बुधबार बिहान ११ बजेबाट अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रशासन, मृतकका आफन्त, स्थानीय तहका प्रमुख टोली छलफलमा जुटेका छन्। 

अस्पतालको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गरिएका छन्। मृतकका परिवारले अस्पतालको गेटमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।

Tags: