post-slider post-slider

काउन्सिलको अपिल: उपचारसँग सम्बन्धित घटना घटेमा भौतिक आक्रमण नभई उजुरी गर्नु

Image

 

काठमाडौं । उपचारसँग सम्बन्धित कुनै घटना घटेमा भौतिक आक्रमण नभई काउन्सिलमा उजुरी गर्न नेपाल मेडिकल काउन्सिलले अपिल गरेको छ । 

आज काउन्सिलले विज्ञप्ति जारी गर्दै उपचारसँग सम्बन्धित कुनै घटना घटेमा सो बारे नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्न अपिल गरेको हो । 

विगत केही महिनादेखि देशका विभिन्न स्वास्थ्य संस्थाहरुमा वा स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य उपचारको लागि आएका बिरामीहरुको स्वास्थ्य उपचार गर्ने शिलशिलामा बिरामीहरुको दुखद निधन भएको विषयलाई लिएर चिकित्सकहरु माथि भौतिक रुपमा आक्रमण भएको घटना काउन्सिलको ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख छ । 

विज्ञप्तीमा चिकित्सकहरुले स्वास्थ्य उपचार गर्ने क्रममा कुनै लापरवाही वा हेलचेक्र्याईं भई कुनै घटना भएको भए त्यस बारेमा गुनासो सुन्ने वा छानबिन गर्ने संस्था नेपाल मेडिकल काउन्सिल भएको र त्यस्ता घटनाहरूको छानविन भैरहेको भनिएको छ। 

‘चिकित्सक उपर भौतिक आक्रमण गर्ने कार्यले कसैलाई पनि हित नगर्ने हुँदा पीडित पक्षले यस काउन्सिलमा उपस्थित भई वा अन्य माध्यमबाट आफूलाई परेको असर बारे जानकारी गराउन तथा स्वास्थ्य उपचार गर्ने स्थललाई शान्ति र भयरहित बनाउनु हुन सम्बन्धित सबै पक्षलाई नेपाल मेडिकल काउन्सिल अपील गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । 

 

Tags: