post-slider post-slider

चियाको लत हटाउन गर्ने ? 

Image

काठमाडौं । के तपाइँ दिनमा ५ देखि ६ कप वा सो भन्दा बढी चिया पिउनुहुन्छ?  चिया नपिउँदा टाउको दुख्छ ? यदि हो भने यो बानीलाई चियाको लत भनिन्छ । एकचोटि चियाको लत लागेपछि हामी दिनमा कयौं कप चिया पिउन थाल्छौं। 

धेरै मानिसहरु दिनभर भोकै बस्छन् तर चिया १० कपसम्म पनि पिउने गर्छन् । यस्तो अवस्थामा धेरै किसिमका रोग लाग्ने खतरा हुन्छ । त्यसैले चियाको लत कम गर्न निकै जरुरी छ । यदि चियाको लत कम गर्न चाहे केही गल्तीहरूमा ध्यान दिन आवश्यक छ। जानौँ चियाको लत कसरी अन्त्य गर्ने ?

ठूलो परिमाणमा चिया पिउने

कसै कसैलाई पूरै गिलासमा चिया पिउन मन पर्छ। यो एकदमै नराम्रो बानी हो, यसले बारम्बार धेरै क्याफिन लिने लत निम्त्याउँछ। यस्तो अवस्थामा चिया वा कफी जस्ता क्याफिन युक्त चीजहरू थोरै मात्रामा सेवन गर्ने प्रयास गर्नुपर्छ।

लामो समय भोकै बस्नु

कतिपय मानिस लामो समयसम्म भोकै बस्छन् र कामको क्रममा धेरै कप चिया पिउने गर्छन् । यस्तो अवस्थामा हामीलाई भोकै बस्ने बानी परिहाल्छ । साथै, चिया पिउनु पनि लत बन्छ। चियाको लत कम गर्न चाहे पहिले बिहानको खाजा खानुपर्छ । त्यस पछि मात्र चिया पिउनुपर्छ । जसका कारण सीमित मात्रामा मात्र चिया पिउनुहुन्छ।

बारम्बार उमालेको चिया नपिउने

चियाको लतका कारण बारम्बार वा लामो समयसम्म उमालेको चिया पिउन मन पराए भने यसले स्वास्थ्यमा ठूलो हानि पु¥याउन सक्छ । त्यसैले बारम्बार उमालेको चिया नखाने । यसमा क्याफिनको मात्रा धेरै हुन्छ, जसले स्वास्थ्यमा नकारात्मक असर गर्छ।

चियाको सट्टा स्वस्थ पेय समावेश गर्ने

चियाको लत त्याग्न चाहे भने चिया पिउने मन लाग्दा सबैभन्दा पहिले दूधको चियाको सट्टा ग्रीन टी वा अन्य हर्बल चिया रोज्ने। यसबाट चिया पिउने लतलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ।

चिया पिउने लत धेरै खराब छ। यसले स्वास्थ्यमा निकै नराम्रो असर गर्छ । यस्तो अवस्थामा पनि चिया पिउने बानी परेको छ भने यी गल्तीहरूमा ध्यान दिनुपर्छ ।

Tags: