post-slider post-slider

मणिपाल अस्पताल र मृतकका आफन्तबीच ६ बुँदे सहमती, आन्दोलनका कार्यक्रम स्थगित

Image

काठमाडौं ।  पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरु र मृतकका आफन्तहरु बिच विहीबार ६ बुँदे सहमति भएको छ । 

लमजुङ सुन्दरबजार वडा नम्बर ६ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएको थियो । दुराको मृत्यु भएपछि  मृतकका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै डा.अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड समेत गरेका थिए । 

चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्म आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै त्यहाँ कार्यरत चिकित्सकहरुले गत सोमबारदेखि सेवा बन्दको घोषणा गरेर आन्दोलनमा उत्रिएका थिए । जसका कारण सेवा प्रभावित भएको थियो । आज दुई पक्षबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरि अस्पतालको सेवा सुचारु भएका छन् ।  

सहमति अनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाउँ लमजुङको सुन्दर बजारमा वर्षमा एक पटक विशेषज्ञ सेवा सहित स्वास्थ्य शिविर चलाउने, दुरा जातीको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुबै पक्षले सहयोग गर्ने, बिनय गुरुङ उपर दर्ता भएको कसूर मुद्दामा कानूनी रित पुर्याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम आजैदेखि स्थगित गर्न दुबै पक्ष राजी भएका छन् । दुबै पक्षले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । 

 

Tags: