post-slider post-slider

मानसिक समस्यामा बिरामी संख्या बढे तर बढेन विशेषज्ञ

Image

काठमाडौं । आजकाल अटिजम प्रिभेलेन्स र अटिजम धेरै भएको हो भन्नुहुन्छ? तर यो समस्या बढेको होइन्। आजकाल जनचेतना बढि भएको हो। पहिला पनि अटिजम थियो। आज पनि छ। 

आजको दिनमा हामीलाई थाहा छ अटिजम भनेको के हो? कस्तो अवस्थालाई अटिजम भनिन्छ । 

धेरैजसो अभिभावकले बालबालिका बोल्न नसक्दा अस्पताल लिएर आउनुहुन्छ । धेरैजसो बालबालिकामा अटिजम पनि देखिन्छ । तर, बालबालिकामा बोल्न नसक्ने समस्या अरु कारणले गर्दा पनि हुनसक्छ । यो जनचेतना बढि भएरै लाइमलाइटमा आएको हो। 

त्यस्तै अहिले लाइमलाइटमा आएको समस्या हो मानसिक समस्या । नेपालमा १० नसर्ने रोगका १८ प्रतिशत मानसिक स्वास्थ्यले ओगटेको छ । 

मानसिक स्वास्थ्यका कारणले हुने समस्याहरु डिप्रेसन, एन्जाइटी ‘ससटेन्ड रिलेटेड डिसअर्डर’, हाइपर एक्टिभिटि यो जति पनि समस्या यी सबै पनि नसर्ने रोग हुन्। यो अन्य नसर्ने रोग (क्यान्सर, थाइराइड, मधुमेह, हाइपर टेन्सन) का कारण ८० प्रतिशत र अन्य मानसिक स्वास्थ्य सम्बन्धि समस्याले ओगट्छ । 

कुनै पनि डिसअर्डर ‘डिसअविलिटि’ (अपांगता) निम्त्याउँछ । नसर्ने रोगले निम्त्याउने जति अपांगता बनाउँछ त्यसको ४ प्रतिशत मानसिक स्वास्थ्य समस्याका कारणले हुन्छ । 

नेपालको जनसंख्याको ४० प्रतिशत बालबालिका तथा किशोर किशोरी (१८ बर्ष भन्दा कम) छन् । ५० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या १५ वर्ष देखि सुरु हुन्छ । 

२० वर्षमा कसैलाई डिप्रेसन सुरु भएको छ भने धेरैलाई त्यो पनि किशोर किशोरी अवस्थामा नै सुरु भएको भन्ने अनुमान गरिन्छ । 

५ जना बालबालिकामध्ये एक जनालाई कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या भएको हुन सक्छ ।

२०७७ मा भएको सर्भेले १३ देखि १७ उमेर समुहको किशोर किशोरीहरु ५ दशमलव ४ प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या हुने देखाएको छ । सबैभन्दा धेरै देखिने समस्या भनेको चिन्ता र उदासीनता हो। 

दिनमा ५० जना बिरामी आउँदा १० जनालाई चिन्तासम्बन्धी समस्या, ५ देखि ८ जनालाई उदासीनता हुन्छ । 

कोभिड पछि एन्जाइटी, डिप्रेसनका बिरामीहरु बढेका छन्। डिप्रेसन २ देखि ३ प्रतिशत जनसंख्यामा हुन्छ । एन्जाइटि ३ देखि ५ प्रतिशतमा हुन्छ । कोभिड सम्बन्धि समस्या भए २५ देखि ३० प्रतिशत डिप्रेसन हुन्छ । एन्जाइटी पनि त्यसरी नै बढेको छ ।

बिरामीको संख्या बढ्दै गर्दा ‘साइबर भिक्टिम’का समस्या लिएर आउनेका संख्या पनि वृद्धि भइरहेको छ । साइबर दुर्व्यवहार स्वभाविक रुपमा महिलामा धेरै देखिनुपर्ने हो तर यहाँ अवस्था ठिक उल्टो छ। साइबर अपराधको सिकाई महिला भन्दा धेरै पुरुष भएका छन्। 

कान्ति बाल अस्पतालमा मानसिक सेवा २०१५ देखि सुरु भएको हो। आठ वर्षका समस्या लिएर आउने बिरामी १० गुणाले बढेका छन्। २०१५ मा एक वर्षमा ७८० बिरामी सेवा लिन लिएका थिए। भने, यो वर्ष लगभग ८ हजार बालबालिकालाई सेवा दिइएको छ । 

बिरामीको संख्या बढेको छ । तर विशेषज्ञको छैन । सेवा प्रदान गर्ने विशेषज्ञ त्यति नै हुन्। यस्तो अवस्थामा सिस्टेमेटिक रुपमा प्रेसर बढ्ने भयो। पहिले २ जनाले १० जनालाई हेर्नुपर्थ्यो । अहिले २ जनाले ५० जनालाई हेर्नुपर्छ । यस्तो अवस्थामा समय र सेवाको गुणस्तरमा कम्प्रमाइज गर्नुपर्छ। अनि अप्वाइन्टमेन्ट दिन पनि ढिला होला। 

सुरुमा दुई दिनमा हेर्न सकिन्थ्यो भने अहिले १० दिनपछि बोलाउनुपर्ने हुनसक्छ । त्यो समस्या आफ्नै ठाउँमा छ । 

जति स्रोत साधन छ त्यसको त्यसलाई प्रभाबकारी बनाउन सकिन्छ ।
 
सेवा सुधार गर्नुपर्ने प्रगतिशिल विषय हो।

 

Tags: