post-slider post-slider

भारतको केरलामा देखियो कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन-१

Image

भारतको केरला राज्यमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन-१ भेरिएन्ट फेला परेको छ।

जेएन १ भेरिएन्ट अहिले भारतको केरलामा फैलिरहेको छ ।  यो पहिले अमेरिका र चीन लगायत धेरै देशहरूमा फेला परेको छ।

हाल केरलमा १ हजार ३२४ सक्रिय संक्रमित रहेका छन्। शनिबार चार जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

जेएन-१ भेरिएन्टबाट संक्रमितहरूको संख्याबारे यकिन तथ्यांक नरहेको केरलका स्वास्थ्यमन्त्री वीना जौर्जले बताए । उनले अहिलेको अवस्था नियन्त्रणमा रहेकोले चिन्ता नलिन सर्वसाधारणसँग आग्रह गरेका छन्।

जेएन -१ सब–भेरिएन्टको संक्रमण १६ डिसेम्बरमा केरलमा पहिलो केश देखिएको हो । यो संक्रमण ७९ वर्षीया महिलामा पाइएको थियो। उनी इन्फ्लुएन्जाबाट ग्रस्त थिइन्।

Tags: