post-slider post-slider

सुआहारा दोस्रो चरणको कार्यक्रमको अन्त्य  

Image

काठमाडौं । सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्यका क्षेत्रमा का गर्दै आइरहेको युएसआइडीको आर्थिक सहायतामा सञ्चालित सुआहाराको दोस्रो चरणको कार्यक्रम अन्त्य भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आथित्यतामा आज अन्तिम वितरण कार्यक्रम उक्त कायक्रमको अन्त्य भएको र तेस्रो चरणको कार्यक्रम स्विकृतीको लागी क्याबिनेटमा लैजाने तयारी भइरहेको सुआहाराले जनाएको छ । सन् २०१६ देखि सञ्चालनमा रहेको सुआहार कार्यक्रमको दोस्रो चरणको कार्यक्रम २०२३ मा अन्त्य भएको हो । 

सोहि अवसरमा सुनौला हजार दिनका आमा र बच्चाका स्वास्थयमा बहुक्षेत्रीय रुपमा काम गरि स्वास्थ्य सुधारमा योगदान गरेकोमा स्वास्थ्यमन्त्री बस्नेतले धन्यबाद दिए । स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको तर पुग्ने काम चाहि नभएको उनले बताए । बाल मृत्युदर घटाउन तथ्यांकले अझै सचेत भएर काम गर्नुपर्ने देखाएको उनको मत छ । 

आधारभुत स्वास्थ्य सेवा विस्तार गर्न स्थानीय तहका अस्पताललाई आवश्यक उपकरण दिने उनले प्रतिबद्धता गरे । 

उनले भने, ‘एउटा मान्छे अस्वस्थ्य हुँदा आर्थिक, सामाजिक र मानवीय दृष्टिकोणले हेर्दा पनि त्यसको प्रभाव देखिन्छ, त्यसैले उपचारमा भन्दा पनि रोकथाममा जोड दिनुपर्छ ।’

परिवार कल्याण महाशाखाका निर्देशक विवेक कुमार लाले अहिले पनि महिला र बालबालिकामा रक्तअल्पताको भयावह अवस्था रहेको बताए । त्यस्तै स्तनपान गराउने आमाहरुको संख्यामा कमी आउनु पनि अर्को चुनौती रहेको बताए । 

सुहाराले दोस्रो चरणको कार्यक्रमको प्रभाव मूल्याङ्कनले एकीकृत पोषण कार्यक्रम प्रभावकारी भएको देखाएको छ । 

समुदाय लक्षित सामाजिक तथा व्यवहार परिवर्तन अभियानहरूमा संरचनात्मक सुधार ल्याएर सञ्चालन गर्दा घरपरिवारको पोषण र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको अध्ययनमा उल्लेख छ । 

कम तौल भएका आमाको अनुपात, स्वास्थ्य संस्थामा प्रसुती गराउने अवस्थामा महत्वपुर्ण सुधारहरू देखिएको छ । भने आमा र बच्चाको रक्तअल्पता, ख्याउटेपन र आधुनिक परिवार नियोजन विधिहरूको प्रयोगमा उल्लेख्य सुधार नभएको  देखिएको छ । यसमा सुधार ल्याउन घरपरिवारमा रहेका अन्य व्यवधानहरू हटाउन सघाउने खालका थप कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देखिने सुहाआराको अध्ययनले देखाएको छ। 

यो दीर्घकालीन कार्यक्रम सञ्चालनका क्रममा सुआहारा कार्यक्रमले देशको आधा भन्दा बढि भुभाग समेटेको छ ।

 

Tags: