post-slider post-slider

प्रा.डा गोविन्द केसीको अनशनले चिकित्सा ऐन संशोधन नरोकिने: स्वास्थ्यमन्त्री बस्नेत

Image

भरतपुर । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अभियन्ता प्रा.डा गोविन्द केसीको अनशनले चिकित्सा ऐन संशोधन नरोकिने बताए । भरतपुर विमानस्थलमा सोमवार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले देशको आर्थिक समृद्धिका लागि पनि चिकित्सा ऐन संशोधन हुनुपर्ने आवश्यकता औंल्याए। 

'अब जनताले पनि बुझ्नुपर्‍यो देशको हित केले गर्छ भनेर । के अब पनि विगतका गल्ती दोहो र्‍याएर विद्यार्थी अध्ययनका लागि बाहिर पठाइरहने हो? ' उनले भने, 'अब त जसले विरोध गरे पनि गलतलाई गलत हो भन्न सक्नुपर्‍यो ।'

अहिले चिकित्सा तथा नर्सिङ शिक्षा अध्ययनका लागि लाखौं विद्यार्थी देशबाहिर जानुपर्ने आवश्यकता रोक्न पनि ऐन संशोधन जरुरी रहेको बताए । 'शिक्षाकै लागि अर्बौं रुपियाँ वर्षेनी देशबाहिर गएको छ त्यो रोक्न जरुरी छ,' उनले भने । 

नेपालमा रहेका सरकारी अस्पतालहरुको स्तरवृद्धि गराउँदै नर्सिङ र चिकित्साविज्ञान पढाउने नीति सरकारले अवलम्बन गर्न लागेको पनि उनले जनाए । उनले देशैभरका सरकारी अस्पतालमा आवश्यक कर्मचारी दरबन्दीको व्यवस्था मिलाउने पनि जनाए । 

Tags: