post-slider post-slider

उपत्यकाका सात अस्पतालमा अनुगमन, अधिकांशमा जनशक्तिको अभाव

Image

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका सात अस्पतालमा अनुगमनमा अधिकांश अस्पतालमा जनशक्तिको अभाव देखिएको छ।

 उपत्यकाका वीर अस्पताल, कान्तिबाल अस्पताल, शहीद गङ्गालाल हृदय केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर क्यान्सर अस्पताल र मानसिक अस्पताल पाटनमा अनुगमनमा अधिकांश अस्पतालमा जनशक्तिको अभाव देखिए स्वास्थ्य मन्त्रालयले जनाएकोछ । 

स्वास्थ्य मन्त्रालयको अनुसार अनुगमन टोलीले अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधि उपकरणको अभिलेख, खरिद योजना तथा एक वर्षभित्रको खरिदको अभिलेख, औषधि मौज्दात विवरण, आपूर्ति व्यवस्थापन, औषधि तथा उपकरणको अद्यावधिक विवरणको अनुगमन गरेको थियो ।  सबै अस्पतालमा मौज्दात स्वास्थ्य सामाग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको व्यवस्थापन नभएको पाइएको थियो । चालु आर्थिक वर्षको योजना नभएको, कति औषधि तथा उपकरण खरिद गरेको र कति बाँकी छ भन्ने यकिन नभएको पाइएको थियो ।

गङ्गालाल अस्पतालमा मौज्दात औषधि नभएको अनुगमले देखाएको छ । त्यसैगरी,अस्पतालले फोहोरमैला व्यवस्थापन राम्रो नभएको, खरिदको योजना नभएको, महामारी सङ्क्रामक रोग सम्बन्धी अस्पताल भएपनि आकस्मिक रूपमा महामारी फैलँदा त्यसको व्यवस्थापन गर्ने तयारी नभएको अनुगमनमा पाइएको थियो ।

वीर अस्पतालको उपचार सेवामा सुधार देखिएको, बिरामीको सङ्ख्या बढेको, शय्या सङ्ख्या बढेको पाइए पनि त्यहाँको मेडिकल स्टोर, जनरल स्टोर, फार्मेसी अस्तव्यस्त पाइएको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले मेडिकल स्टोर र फार्मेसी अस्तव्यस्त भएको स्विकार्दै बजेट अभावले मेडिकल स्टोरमा चाहिएको समान किन्न नसकिएको र फार्मेसीमा जनशक्ति अभावले व्यवस्थित हुन नसेकेको बताए । डा.पौडेलले बजेट अभाव पूर्ति गर्नका लागि ४१ करोड रुपियाँ थप बजेट अर्थ मन्त्रालयसँग माग गरिएको जानकारी दिए ।

मेडिकल स्टोर र जनरल स्टोरमा रहेका समानको रेकर्ड नियमपूर्वक राखिएको नपाएको अनुगमन टोलीका संयोजक एवं स्वास्थ्य मन्त्रालयका उपसचिव कृष्ण थापाले बताए ।

सातवटै अनुगमन टोलीले आफूहरूले अनुगमनका क्रममा देखेका समस्याका विषयमा स्वास्थ्य मन्त्री बस्नेतलाई रिपोर्ट गरेका थिए । अनुगमन टोलीको अध्ययन प्रतिवेदन सुनिसकेपछि मन्त्री बस्नेतले सात वटा केन्द्रीय अस्पतालहरूलाई कमी कमजोरी सुधार गर्न निर्देशन सहितको पत्र तयार पारेर सबै अस्पताललाई पठाउन र तोकिएको समय सीमाभित्र पनि सुधार नगरे कडा कारबाही गरिने बताए ।

Tags: