post-slider post-slider

डिएम/एमसिएच प्रवेश परिक्षाको नतिजा सार्वजानीक

Image

काठमाडौं । चिकित्सा शिक्षा आयोगले डिएम/एमसिएच/एनबिएमएस-एसएसको शैक्षिक कार्यक्रमका लागि लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।

आयोगले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली को नियम १६ बमोजिम सरकारी चिकित्सकले प्राप्त गरेको अंकमा अनुभव र दुर्गम क्षेत्रमा काम गरेको अंक जोडी कुल प्राप्ताङ्क कायम गरी योग्यताक्रम निर्धारण गरिएको छ।

प्रकाशित नतिजामा चित्त नबुझ्ने उम्मेदवारले पुनर्योग गर्न चाहेमा २३ गते ५ बजेसम्म आयोगको इमेलमा निवेदन दिन सक्ने छन्।

योग्यताक्रममा रहेका उम्मेदवारको पहिलो म्याचिङ साउन २९ गते हुने छ। 

आयोगले शनिबार लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो।

Tags: