post-slider post-slider

'एकिकृत पोषण कार्यक्रम' सञ्चालनमा

Image

घोराही । लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेशनलको सहयोगमा एकिकृत पोषण कार्यक्रम सुरु भएको हो । 

पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रुपन्देही, कपिलबस्तु र नवलपरासी एकिकृत पोषण कार्यक्रम सञ्चालन हुन लागेको हो । कुपोषणको हिसावले लुम्बिनी प्रदेश अत्याधिक कुपोषण हुने प्रदेशमा रहेको छ । राष्ट्रिय तथ्याङ्कमा कुपोषित बालबालिका ८ प्रतिशत रहेको भएपनि लुम्बिनीमा १६ दशमलव २ प्रतिशत कुपोषित भएको तथ्याङ्क छ । 

यसलाई आधार बनाएर कुपोषण न्यूनीकरण गर्न र प्रदेशमा कुपोषणको सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमरबहादुर वलीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रुपन्देही, कपिलबस्तु र नवलपरासी एकिकृत पोषण कार्यक्रम सञ्चालन भएको हो । 

उनले भने, ‘लुम्बिनी प्रदेशका जिल्लाहरुमा कुपोषण न्यूनीकरणका लागि कार्यक्रम सुरु भएको छ । यसले प्रदेशको कुपोषण दरलाई घटाउने विश्वास छ ।’

पहिले सुआहाराले पोषण सुधारका लागि १० वर्ष यस क्षेत्रमा काम गरेको थियो । त्यसपछि हेलेन केयर इन्टरनेशनलले कार्यक्रम गर्ने गरि सुभारम्भ गरेको छ । प्रदेशको कुपोषण प्रतिशत घटाउने गरि कार्यक्रम केन्द्रित हुने गरि कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक राज मण्डलले बताए। 

उनका अनुसार लुम्बिनीका चार जिल्लामा कुपोषित वालवालिका धेरै भएको हुदा बालवालिका र महिलाहरुको पोषणको क्षेत्रमा कार्यक्रम केन्द्रित गरिने छ । कार्यक्रमको लक्ष्य कुपोषण रहित प्रदेश बनाउने रहेको छ । लुम्बिनी प्रदेशको तराईका जिल्लाहरुमा कुपोषण बढी देखिएको छ ।

Tags: