post-slider post-slider

नेता नेम्वाङको निधनको कारण बनेको हृदयघात कस्तो अवस्थामा प्राणघातक हुनसक्छ ?

Image

काठमाडौं । हृदयघातका कारण नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएको छ। राति १ बजेतिर हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार अस्पताल पुराउनु अघि नै उनको मृत्यु भएको थियो। 

नेम्वाङको निधनको कारण बनेको हृदयघात मुटुको कुनै पनि धमनिहरुमा शतप्रतिशत अबरोध भई मुटुको मांशपेशिकाले काम गर्न नसक्ने र अन्त्यमा सो भागको मृत्यु हुने अवस्था हो । 

बरिष्ठ मुटु रोग बिशेषज्ञ प्रा डा प्रेम राज वैदका अनुसार हृदयघात मुटुको देब्रे मुख्य धमनीमा पुर्ण अवरोध भएमा प्राणघातक पनि हुनसक्छ। भने साना धमनिहरुको अवरोध भएमा हृदयघात भएको थाहा नहुन पनि सक्छ । 

हृदयघात हुनुभन्दा अगाडि साधारण लक्षणहरु देखिने गर्छन । अधिकांश मानिसले शुरुवाती चरणमा देखिने लक्षणलाई सामान्य मानेर  घरमै बसिरहन्छन् । जसका कारण हृदयघात जस्तो ठुलो रुप लिन्छ ।  हृदयघातको उपचार सहज छैन । यदि  हृदयघात हुदा देब्रे पट्टीको  मुख्य धमनीमा अवरोध भएको छ भने  यसलाई झन जटिल रुप मानिन्छ । जसका कारण व्यक्तिको  पहिलो हृदयघातबाट नै मृत्यु हुनसक्छ । 

ठुलो धमनीमा अवरोध भएमा छातीको बिचमा वा देब्रे तिर बेस्सरी थिचेको जस्तो दुख्नु वा व्यायम गर्दा, उकालो चढ्दा, मानसिक तनाव बढ्दा छातीको बिचमा वा देब्रे तिर भारी असजिलो महशुस हुनु, स्वाँ स्वाँ बढ्नु, कहिलेकाही देब्रे हातमा वा च्यापु तिर मन्द दुखाई सरेको जस्तो महशुस हुनु तर केहि समय आराम गरेपछि निको हुनु। चिटचिट  पसिना आउनु, वाकवाक लाग्नु, बेहोस पनि हुन सक्छ।
 
उच्च रक्तचाप मधुमेह र खराब कोलेस्टेरोल समयमा नै जाँच गरि नियन्त्रण राख्न सकेमा ५० प्रतिशत हृदयघात कम गर्न सकिन्छ । त्यसका साथै धुम्रपान निषेध, मोटोपना नियन्त्रण, नियमित व्यायाम, मानसिक तनाव नलिनका साथै जीवनशैलीमा सुधार ल्याउन सके यो रोगलाई ८० प्रतिशत नियन्त्रण गर्न सकिन्छ । 

यो रोग जनचेतनाको अभाव, सिमित अस्पताल, मुटुरोग विशेषज्ञको कमी र हृदयघातको लक्षण सामान्य हुने भएकाले समयमा नै उपचार र निदान गर्न निकै कठिन भइरहेको छ । त्यसैले हरेक व्यक्तिले बर्षमा एकपटक मुटुको परिक्षण गराउन अति आवश्यक छ  ।

मुटुमा समस्या देखिएमा नियमित चिकित्सकको सल्लाह अनुसार परिक्षण गराउनुपर्छ । हालसम्म हृदयघातको प्रमुख कारण थाहा पाउन सकिएको छैन । तर यसका कारक तत्वबारे प्रायः जानकार नै छन्।जसमध्ये हामीले परिर्वतन गर्न नसकिने कारक तत्वहरु यसप्रकार छन् । 

उमेर बढ्दै जादाँ हृदयघातको जोखिम बढ्दै जान्छ। महिलाको तुलनामा पुरुषलाई बढि हृदयघात हुन्छ भने महिनावारी रोकिएपछि महिलालाई पनि पुरुष सरह नै हृदयघातको जोखिम हुन्छ।  

यो वंशाणुगत कारणले पनि हुने गर्दछ। दक्षिण पुर्वी  एसियाका मानिसहरुमा हृदयघातको जोखिम धेरै हुने गर्दछ । परिर्वतन गर्न सकिने कारक तत्वहरु 

मधुमेह 

उच्च रक्तचाप
 
उच्च कोलेस्टेरोल 

धुम्रपान 

व्यायामको कमी 

मोटोपना 

मानसिक तनाव

जनचेतना 

जीवनशैली

Tags: