post-slider post-slider

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु

Image

काठमाडौं । वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । 

सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेका  पुरुषको मृत्यु भएको हो । उनी अन्दाजी ४० वर्षका छन्। उनको पहिचान भने खुल्न सकेको छैन। अहिले उनको शव बेवारिसे अवस्थामा छ।

उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए। त्यसपछि उनी छैटौं तलामा गएर हाम फालेका थिए। अस्पतालमा उनको आफन्त बिरामी नरहेको पाइएको छ । 

 

Tags: