post-slider post-slider

काजु खानुका फाइदाहरू

Image

काठमाडौं । काजु स्वास्थ्यका हिसाबले एकदमै फाइदाजनक खाद्यपदार्थ हो । यसमा थोरै कार्बोहाइड्रेट र बढी प्रोटिन हुन्छ । त्यसैले काजु मधुमेह, उच्च रक्तचाप र मुटुरोगका बिरामीहरूका लागी फाइदाजनक मानिन्छ । 

काजुमा प्रशस्त एन्टिअक्सिडेण्ट पाइन्छ। जसले रोग निरोधक क्षमता बढाउँछ। यसमा पाइने अनस्याचुरेटेड फ्याटले हृदयाघात तथा अन्य रोगहरूबाट बचाउँछ ।

काजुमा मोनोनस्याट युरेटेड फ्याटी एसिड (ओलिक र पामिटोलिक एसिड) पाइन्छ । जसले मुटुलाई फाईदा गर्छ । 

काजुले एलडिएल घटाउने र एचडिएल बढाउने हुनाले, यो हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । त्यस्तै काजुले आँखालाई स्वस्थ बनाई राख्छ ।

यसमा बढी मात्रामा क्यालोरी पाईने हुनाले एक दिनमा ५ देखि १० वटा भन्दा बढी खानु हुदैन ।

यसमा सोडियम को मात्रा बढी हुनाले उच्च रक्तचापको बिरामीले यो धेरै खानु हुदैन । 

यसमा भिटामिन ए, बी सी र खनिज तत्वहरु पनि पाइन्छ।

 

Tags: